बारामा जितिया पर्वमा नुहाउने क्रममा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

कोल्हवी न्यूज
२०८३ आश्विन १८, आईतवार ०६:०९ गते

बारा । जितिया पर्वको अवसरमा नुहाउने क्रममा पोखरीमा डुबेर बाराको देवताल गाउँपालिका–६ मा दुई किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय राजेश पटेलकी १५ वर्षीया छोरी चाँदनी पटेल र भोला पटेलकी १६ वर्षीया छोरी निशा पटेल रहेका छन्।

प्रहरीका अनुसार दुवै किशोरी जितिया पर्वका अवसरमा स्थानीय पोखरीमा नुहाउन गएका थिए। नुहाउने क्रममा डुबेका उनीहरूलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

मृतक दुवै किशोरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जितिया पर्व मनाउने क्रममा भएको घटनाले देवताल गाउँपालिका–६ सहित स्थानीय समुदायमा शोक छाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*