मकवानपुरमा निर्दयी तरिकाले चौपाया ओसारपसार, पाँच जना पक्राउ

कोल्हवी न्यूज
२०८३ आश्विन १६, शुक्रबार १३:१५ गते

हेटौंडा । मकवानपुरमा आवश्यक कागजातबिना अवैध तथा निर्दयी तरिकाले पशु चौपाया ओसारपसार गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार असोज ७ गते राति करिब ११ः३० बजे प्रहरी चौकी ठूलोदमारबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१८ ठूलोदमारस्थित सडकखण्डमा दुई वटा योद्धा गाडी रोकी जाँच गरेको थियो।

जाँचका क्रममा आवश्यक कागजातबिना पशु चौपाया ओसारपसार गरेको पाइएपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका–६ का २८ वर्षीय रामलाल पासवन, हेटौंडा–१३ का २१ वर्षीय सदाम देवान, महोत्तरीको गौशाला नगरपालिका–११ का ४३ वर्षीय रोहित कुमार मिश्रा, हेटौंडा–१३ का ४० वर्षीय समसुल देवान र हेटौंडा–१२ का २३ वर्षीय भीम सुनार रहेका छन्।

समसुल देवान र भीम सुनारलाई असोज १५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*