टिपरको ठक्करबाट महोत्तरीकी चार वर्षीया बालिकाको मृत्यु

कोल्हवी न्यूज
२०८३ आश्विन १३, मंगलवार १६:३० गते

धनुषा । धनुषाको रमदैयामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।

जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमदैयास्थित राजदेव मन्दिर अगाडि प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले ठक्कर दिँदा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसी रामको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

दुर्घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*