बाराको सिम्रौनगढबाट दुई कटुवा पेस्तोलसहित ५० वर्षीय पुरुष पक्राउ

कोल्हवी न्यूज
२०८३ आश्विन १३, मंगलवार ०८:०६ गते

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

सिम्रौनगढ नगरपालिका–६, सलेमपुर क्षेत्रमा सोमबार सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद अवस्थामा एक व्यक्तिलाई रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा सिम्रौनगढ नगरपालिका–२, अमृतगञ्जका शिल्त महतोका छोरा अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहाको साथबाट दुई थान कटुवा पेस्तोल र पाँच थान गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। उनको साथबाट हिरो कम्पनीको एक थान मोबाइलसमेत बरामद भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार विशेष सूचनाका आधारमा बीओपी गोलागञ्जबाट खटिएको टोलीले कुशवाहालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*