नेप्से परिसूचक ७ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब नाघ्यो
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव ०६ अंकले बढेर २ हजार ६५४ दशमलव २८ अंकमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ७१ अंकले बढेर ४७३ दशमलव ७९ अंकमा पुगेको छ।
फ्लोट सूचक ० दशमलव ५३ अंकले बढेर १८२ दशमलव ९९ अंक तथा सेन्सेटिभ फ्लोट सूचक ० दशमलव ६८ अंकले बढेर १६० अंकमा पुगेको छ।
आज २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँमा कारोबार भएको छ।
कारोबारमा १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक बढेको छ भने ६ उपसमूह घटेका छन्। १३८ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
मिड सोलु हाइड्रोपावर, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र मैलुङ खोला जलविद्युत्का लगानीकर्ता बढी कमाउनेमा परेका छन्। यस्तै, स्नो रिभर्स, नारायणी डेभलपमेन्ट बैंक र बोटलर्स नेपाल (बालाजु) का लगानीकर्ताले भने गुमाएका छन्।









