नेपाली श्रमिकको समस्या समाधान गर्न मलेसियाली प्रधानमन्त्रीसँग प्रधानमन्त्री शाहको आग्रह

कोल्हवी न्यूज
२०८३ आश्विन ६, मंगलवार १५:०६ गते

प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियामा नेपाली श्रमिकले भोग्दै आएका रोजगारीसम्बन्धी समस्या समाधान गर्न मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बिहान टेलिफोनमार्फत भएको कुराकानीमा शाहले मलेसियाको वैदेशिक रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा अन्त्य गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले सिन्डिकेट र बिचौलियाका कारण नेपाली श्रमिक समस्यामा परेको भन्दै नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन दुवै देशले पहल गर्नुपर्ने बताएका थिए।

शाहले मलेसियाका श्रममन्त्रीलाई नेपाली श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बसाएर समस्याको स्थायी समाधान खोज्न आग्रह गरेका थिए।

जवाफमा मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट तथा शोषणकारी बिचौलिया प्रथाको आफू विपक्षमा रहेको बताएका छन्। उनले मलेसियाका श्रममन्त्रीलाई नेपाली समकक्षीसँग छलफल गरी ठोस समाधान निकाल्न तत्काल निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*