नेपाल प्रहरीमा विभिन्न पदमा ३३४ जना कर्मचारीका लागि दरखास्त आह्वान

कोल्हवी न्यूज
२०८३ आश्विन २, शुक्रबार १३:४४ गते

नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागले शुक्रबार सूचना जारी गर्दै प्रहरी सहायक निरीक्षक (जनपद) र प्रहरी कार्यालय सहयोगी पदमा आवेदन माग गरेको हो।

सूचनाअनुसार प्रहरी सहायक निरीक्षकतर्फ २११ जना तथा प्रहरी कार्यालय सहयोगीअन्तर्गत भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना गरी कुल ३३४ पदमा भर्ना खुलाइएको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। शैक्षिक योग्यता, उमेर, दस्तुर तथा परीक्षा र छनोटसम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*