बारा कोल्हवीमा दुईदिने‘हेल्थ,ह्यापिनेस,पोजिटिभ थिंकिङ’तथा नेतृत्व विकास कार्यक्रम हुँदै

कोल्हवी न्यूज
२०८३ आश्विन २, शुक्रबार ०९:४० गते

कोल्हवी, बारा । स्वस्थ मन, खुसी जीवन, सकारात्मक सोच र समृद्ध समाज निर्माण गर्ने उद्देश्यले बाराको कोल्हवीमा दुईदिने ‘हेल्थ, ह्यापिनेस, पोजिटिभ थिंकिङ, नेतृत्व विकास तथा समाज निर्माण कार्यक्रम’ आयोजना हुने भएको छ।

 

 

स्वस्तिक हिमालयन ग्रुप प्रा.लि., काठमाडौंको आयोजनामा सञ्चालन हुने कार्यक्रम यही २०८३ असोज ३ गते शनिबार कोल्हवी बजारस्थित रोज उड होटलमा हुने आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता तथा हेल्थ ह्यापिनेस प्रशिक्षक सिमोन न्यौपाने रहनेछन्।

 

 

कार्यक्रममा तनाव व्यवस्थापन तथा सकारात्मक जीवन, शारीरिक तथा मानसिक ऊर्जा, नेतृत्व विकास, दिगो स्थानीय विकास, जीवन उत्प्रेरणा तथा योग र ध्यानलगायतका विषयमा प्रशिक्षण दिइनेछ। सहभागीहरूलाई व्यक्तिगत जीवनमा सकारात्मक सोचको विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि र समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्य राखिएको आयोजकको भनाइ छ।

 

 

कार्यक्रममा सहभागीका लागि बिहान ६ः०० देखि ६ः३० बजेसम्म रजिस्ट्रेसन तथा चियापान र त्यसपछि ६ः३० देखि ९ः३० बजेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जानकारी दिइएको छ।
आयोजकका अनुसार कार्यक्रममा सकारात्मक सोच, स्वस्थ जीवनशैली, मानसिक शान्ति, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्वजस्ता विषयलाई व्यवहारिक रूपमा जोड दिइनेछ। व्यक्तिगत विकाससँगै स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याउन चाहने व्यक्तिका लागि कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।

 

 

 

कार्यक्रममा सहभागी हुन इच्छुकहरूका लागि आयोजकले विभिन्न सम्पर्क व्यक्तिमार्फत जानकारी तथा समन्वयको व्यवस्था गरेको छ। निजगढ, कोल्हवी, बारागढी, आदर्श कोतवाल र सिम्रौनगढ क्षेत्रबाट समेत सहभागी हुन सक्ने जनाइएको छ।

 

 

 

 

‘स्वस्थ मन, खुसी जीवन, सकारात्मक सोच, समृद्ध समाज’ भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको कार्यक्रमले कोल्हवी क्षेत्रमा सकारात्मक सोच र नेतृत्व विकाससम्बन्धी अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*