त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित यातायात सुचारु

कोल्हवी न्यूज
२०८३ आश्विन २, शुक्रबार १२:५० गते

हेटौँडा । हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएपछि भदौ १६ गतेदेखि ठूला तथा मालवाहक सवारीलाई काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्कँदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी एकतर्फी आवागमनको व्यवस्था गरिएको थियो।

कृष्णभीरको पहिरो हटाएर सडक सुचारु भएसँगै उक्त व्यवस्था हटाइएको मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिए। यससँगै दुवै राजमार्गमा नियमित दुईतर्फी यातायात सञ्चालन भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*