बारामा विद्युत् सर्ट भएर आगलागी, ७ लाखसम्मको क्षति

कोल्हवी न्यूज
२०८३ आश्विन १, बिहीबार ११:०७ गते

बारा, १ असोज । बाराको कलैया उपमहानगरपालिका–११ मा विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय हनुमान प्रसाद साहको घरमा बुधबार राति करिब १ बजे विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आगलागीमा परी एउटा बाछो, एउटा भैँसीको पाडो र दुईवटा बाख्रा जलेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार आगलागीबाट करिब ५ देखि ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*