गोलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

कोल्हवी न्यूज
२०८३ भाद्र ३०, मंगलवार १०:१० गते

सिराहा । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय रामदयाल यादवका चार वर्षीय छोरा आयान्स कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान घरअगाडि खेलिरहेका बालकलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारका लागि गोलबजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान हुन सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*