पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

कोल्हवी न्यूज
२०८३ भाद्र २६, शुक्रबार ०६:५१ गते

वीरगञ्ज । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई उनको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको हो।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिकलाई पनि ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*