सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो

कोल्हवी न्यूज
२०८३ भाद्र २५, बिहीबार ११:५९ गते

मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले ओमानसामु १ सय ४८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय ४७ रनमै अलआउट भएको हो। सुरुवातमै कमजोर प्रदर्शन गरेको नेपाल एक समय १२ ओभरमा ३६ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो।

त्यसपछि दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले पाँचौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। दीपेन्द्रले ७६ बलमा ४ चौकासहित ५१ रन बनाए भने प्रतियोगितामा पहिलो खेल खेलिरहेका बसिरले ८८ बलमा ३ चौका र १ छक्कासहित ४७ रन जोडे।

दीपेन्द्र र बसिर छोटो अन्तरमा आउट भएपछि नेपालको ब्याटिङ पुनः धरासायी भयो। गुलशन झा ७, करण केसी ५, कप्तान सन्दीप लामिछाने ३ तथा शेर मल्ल शून्य रनमा आउट भए।

ओमानका जय ओडेडरा र हसनाइन साहले नेपालका ३–३ विकेट लिए।

एसीसी प्रिमियर कपको विजेताले एसिया कपमा स्थान बनाउनेछ। नेपाल यस प्रतियोगिताको साविक विजेता हो र लगातार दोस्रोपटक एकदिवसीय एसिया कप खेल्ने लक्ष्यमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*