आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा

कोल्हवी न्यूज
२०८३ भाद्र २३, मंगलवार ०७:०७ गते

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३ पैसा कायम भएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ४ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलरको क्रमशः १०९ रुपैयाँ १५ पैसा र १०९ रुपैयाँ ५८ पैसा, तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ १८ पैसा र ११९ रुपैयाँ ६५ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ४८ पैसा र २२ रुपैयाँ ५७ पैसा, साउदी रियाल एकको ४० रुपैयाँ १८ पैसा र ४० रुपैयाँ ३४ पैसा, तथा कतारी रियाल एकको ४१ रुपैयाँ ३९ पैसा र ४१ रुपैयाँ ५६ पैसा तोकिएको छ।

त्यस्तै, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ २९ पैसा र ३७ रुपैयाँ ४४ पैसा, दक्षिण कोरियन वन १०० को ११ रुपैयाँ २१ पैसा र ११ रुपैयाँ २६ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा तथा कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ १९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको ३९१ रुपैयाँ ८९ पैसा र ३९३ रुपैयाँ ४५ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*