नेप्से ४.६६ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ४६ करोड
काठमाडौं । साताको लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ४.६६ अंकले बढेर २ हजार ५४२ अंकमा कायम भएको छ। अघिल्लो दिन नेप्से १५ अंकले बढेको थियो।
आज बजारमा उतारचढाव पनि न्यून रह्यो। नेप्से दिनभर न्यूनतम २ हजार ५३३ अंकदेखि अधिकतम २ हजार ५४५ अंकसम्म पुगेको थियो। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार २ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो।
आज १४५ कम्पनीको सेयर मूल्य बढ्दा १२३ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
कारोबार भएका क्षेत्रमध्ये लगानी समूहको सूचक सर्वाधिक १.२६ प्रतिशत बढेको छ। व्यापार समूह १.०९ प्रतिशत बढ्दा बैंकिङ ०.२४, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.०९, जीवन बीमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४६ र माइक्रोफाइनान्स ०.२७ प्रतिशत बढेका छन्।
यता फाइनान्स ०.३४, जलविद्युत् ०.२३, निर्जीवन बीमा ०.२८ तथा अन्य समूहको सूचक ०.३६ प्रतिशत घटेको छ।
आज विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.७६ प्रतिशत बढेको छ। चिरख्वा हाइड्रोपावर ८.५६, आशा लघुवित्त ८.२९, मायाखोला हाइड्रोपावर ७.८४, माउन्ट एभरेस्ट पावर ६.४५ र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ५.०१ प्रतिशत बढेको छ।
यता पियोर इनर्जीको सेयर मूल्य सर्वाधिक १३.३३ प्रतिशत घटेको छ। आत्मनिर्भर लघुवित्त ६.१०, सेन्ट्रल फाइनान्स ५.७६ र स्वाभिमान लघुवित्त ४.३८ प्रतिशत घटेका छन्।
आज कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सानिमा मिडिल तमोर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, आँखुखोला जलविद्युत् र रिडी पावर अगाडि रहे।










