बाराबाट हराएका बालकको भारतमा शव फेला

कोल्हवी न्यूज
२०८३ भाद्र १७, बुधबार ११:३६ गते

बारा । बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाबाट हराएका ११ वर्षीय बालकको भारतमा शव भेटिएपछि प्रहरीले हत्या प्रकरणमा एक किशोरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका १७ वर्षीय परिवर्तित नाम ‘जिल्ला–३३ (ए)०८३/८४’ रहेका छन्। उनीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विश्रामपुर–३ का ११ वर्षीय राजेश कुमार साह भदौ ९ गते हराएपछि सोही राति करिब ११ः४५ बजे प्रहरी चौकी मुसहर्वामा जानकारी पुगेको थियो। त्यसपछि प्रहरीले खोजी तथा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा भदौ ११ गते बिहान भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको दुनियापाडी पञ्चायत–१ स्थित सिंहा नदी किनारमा बालक मृत अवस्थामा फेला परेको थियो।

सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बालकलाई अपहरण गरी भारत लगेर हत्या गरिएको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिबारे समेत प्रहरीले अनुसन्धान जारी राखेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*