मकवानपुर थानाभर्‍याङमा EV को ठक्करबाट वीरगञ्जका वीरेन्द्र पासवानको मृत्यु

कोल्हवी न्यूज
२०८३ भाद्र १७, बुधबार ११:३४ गते

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा मंगलबार राति EV गाडीको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी करिब ५० वर्षीय वीरेन्द्र पासवान रहेका छन्।

मंगलबार राति करिब ९ः५० बजे नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज.०३२९ नम्बरको खाली EV गाडीले थानाभर्‍याङस्थित राप्ती खोला नजिकै बुद्ध पार्क अगाडि पैदलयात्री पासवानलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई तत्काल प्रहरी तथा ट्राफिक टोलीले उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याएको थियो। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो।

हेटौँडा अस्पतालमा उपचार भइरहेका पासवानलाई बुधबार बिहान १२ः०५ बजे थप उपचारका लागि वीरगञ्जस्थित वयोधा अस्पताल रिफर गरिएको थियो। वयोधा अस्पतालमा उपचारका क्रममा बिहान १ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न EV र चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–७ निवासी ३३ वर्षीय बुद्धिलाल थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*