बाँसबाट लडेर गम्भीर घाइते १५ वर्षीया किशोरीको मृत्यु

कोल्हवी न्यूज
२०८३ भाद्र १७, बुधबार ०७:३० गते

बारा । बाराको कलैया उपमहानगरपालिका–१२ शीतलपुरमा बाँसबाट लडेर गम्भीर घाइते भएकी १५ वर्षीया किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा शीतलपुर निवासी राजेन्द्र मण्डलकी १५ वर्षीया छोरी अञ्जली कुमारी रहेकी छन्।

प्रहरीका अनुसार भदौ १५ गते दिउँसो करिब ४ बजे गाईवस्तुका लागि बाँसको पात टिप्न गएकी अञ्जली बाँसबाट लडेकी थिइन्। गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो।

अवस्था गम्भीर भएपछि सोही दिन राति करिब ८ः१० बजे थप उपचारका लागि वीरगन्जस्थित नारायणी मेडिकल कलेज लगिएको थियो। तर, चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।

घटनापछि प्रहरी चौकी मटिअर्वाबाट प्रहरी टोली घटनास्थल तथा अस्पतालमा पुगेको थियो। मृतकको शव आवश्यक मुचुल्कापछि पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको थियो।

पोस्टमार्टमपछि भदौ १६ गते दिउँसो करिब १२ः२५ बजे मृतकका दाइ राजाबाबु मण्डलले शव बुझेर लगेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*