सन्दीपको पाँच विकेटपछि नेपाललाई एसीसी प्रिमियर कपमा बहराइनमाथि ७ विकेटको जित
काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा अर्जुन कुमालले अविजित ३६ रन बनाए भने रोहित पौडेलले अविजित १९, आसिफ शेखले १८ र देव खनालले १० रनको योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो। कप्तान सन्दीप लामिछानेले १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिए। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए।










