निजगढमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कोल्हवी न्यूज
२०८३ भाद्र १४, आईतवार १५:५२ गते

बारा । बाराको निजगढ नगरपालिका–९ स्थित बकैया पुल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

भदौ १३ गते राति करिब ९ः१० बजे पूर्वतर्फ जाँदै गरेको ना.५ ख ७८०५ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ जाँदै गरेको ना.४८ प ५१११ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका–११ का २४ वर्षीय अभिषेक चौधरी गम्भीर घाइते भएका थिए। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो।

घाइते चौधरीलाई उपचारका लागि वीरगञ्जस्थित मेडिसिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*