भोटेकोशी बाढीपछि सम्पर्कविहीन मधेसका १५ जना परिवारको सम्पर्कमा, १२७ जना सम्पर्कविहीन

कोल्हवी न्यूज
२०८३ भाद्र १२, शुक्रबार २१:०६ गते

जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका १२७ जनामध्ये १५ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि मधेसका विभिन्न जिल्लाबाट १२७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये १५ जना आज टेलिफोनमार्फत परिवारको सम्पर्कमा आएका हुन्।

हालसम्म सप्तरीका ३२, पर्साका २८, बाराका १९, रौतहटका १५, सर्लाहीका १०, महोत्तरीका १०, सिरहाका आठ र धनुषाका पाँच जना अझै सम्पर्कविहीन रहेका छन्।

परिवारको सम्पर्कमा आएकामध्ये पर्सामा बस्दै आएका सिन्धुलीका एक जना, रौतहटका सात जना, सर्लाहीका चार जना, महोत्तरीका एक जना तथा धनुषाका चार जना रहेका छन्।

बाढीपछि मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिक सम्पर्कविहीन भएको सूचना आएपछि प्रहरीले उनीहरूको विवरण संकलन गरी खोजी तथा पहिचान कार्य अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी, उद्धार तथा पहिचानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई तत्काल जानकारी गराउन परिवार तथा आफन्तलाई प्रहरीले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*