रसुवाको बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो

कोल्हवी न्यूज
२०८३ भाद्र ११, बिहीबार १९:१७ गते

रसुवामा आएको भीषण बाढीका कारण हालसम्म ३ सय ५९ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीबार साँझ ६ः२० बजेसम्म विभिन्न जिल्लाबाट ३ सय ५९ शव फेला परेका छन्।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १ सय ३२ छन्। नवलपरासी पूर्वमा विभिन्न अंगसहित ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढी तथा पहिरोमा परी ९ सय १० जना प्रभावित भएको तथ्यांक प्राप्त भएको छ। तीमध्ये ५ सय १७ विदेशी नागरिक सम्पर्कविहीन रहेको बताइएको छ। यस्तै, नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ कर्मचारी पनि सम्पर्कविहीन छन्।

बाढीमा घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विपद्पछिको खोज, उद्धार तथा राहतका लागि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता महतले जानकारी दिइन्।

उनका अनुसार राज्यका सम्पूर्ण संयन्त्रलाई परिचालन गरी खोज, उद्धार र राहतको कामलाई तीव्रता दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*