प्रथम सुवास चौधरी स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

कोल्हवी न्यूज
२०७८ कार्तिक ३०, मंगलवार ०७:०९ गते

कोल्हवी/समाज बिकास युबा क्लब कोल्हबी ३ जुअवाद्वारा संचालित प्रथम सुवास चौधरी स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथी कोल्हबी नगरपालिका वाड न ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी बिशिस्ट अतिथिहरुमा वडा सदस्य मन्जु राम श्री ने रा आ बिधालय जुअवाका प्र अ नरेन्द्र कुमार चौधरी तनहु सुनचाँदी पसल कोल्हबिका संचालक अमृत जि आर ,अतिथिहरु राजुलाल कर्ण ,बन्क चौधरी हरिओम रौनियार धिरेन्द्र पनुहर, अनिल प्रीत चौधरी मदेश्वर चौधरी लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य हितेन्द्र चौधरीले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम पुरस्कारका दाता अमृत जि आर ले सुबास चौधरी हाम्रो अति नै मिलनसार मित्र हुनुहुन्थ्यो र उहाँ एउटा अनुशासित भलिबल खेलाडी हुनुहुन्थ्यो ।

उहाले यस भेगमा भलिबललाई निकै नै प्रख्यात खेलको रुपमा स्थापित गर्नु भएको थियो । उहाँ भौतिक शरीर हाम्रो माझ नभएपनी उहाँ सधै भरी हाम्रो मन मुटुमा बिराजमान हुनुहुन्छ र उहाको सम्झनामा मैले तनमन धन सबैले सहयोग गरि यो प्रथम सुबास स्मृति भलिबल प्रतियोगिता सुरुवात गरेको छु र भविष्यमा दोस्रो तेस्रो गरि निरन्तरता दिराख्न आयोजकलाइ अनुरोध गर्नु भयो।सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएका किशुनदयाल चौधरीले सुभास चौधरी यो वडाको होनहार खेलाडी हुनुहुन्थ्यो उहालाइ गुमादा भलिबल खेलमा निकै ठूलो नोक्सानी पुगेको छ र आउदो दिनमा पनि सुबाँस स्मृति भलिबल प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गर्नु भयो।

आफ्नो ब्यतिगत सहयोग गरे पनि भोलिको दिनमा वडाबाट पनि सक्दो सहयोग गर्नेकुरा जोड दिनु भयो।फाइनल खेल जुअवा र खैरा क्लबको बिच प्रतिस्पर्धा भएको थियो जसमा जुअवा क्लब बिजय भएको छ। प्रथम हुने क्लबले नगद रु तीस हजार शिल्ड मेडल र प्रमाणपत्र र दोस्रो हुने क्लबले नगद रु पन्ध्र हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको थियो। कार्यक्रमको सभापति मुरलिधर चौधरी र कार्यक्रम संचालन बिशुनदयाल चौधरीको रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*