रौतहटमा कार दुर्घटनामा परेर मृत्यु भएका चारै जना भारतीय नगरिकको पहिचान खुल्यो
रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिक शनिवार राति कार दुर्घटनामा परेर मृत्यु भएका चारै जना भारतीय नागरिकको सनाखत भएको छ । झुन्खुनवा चोक स्थित पेटरोलपम्प भन्दा दुईसय मिटर उत्तर गौर तर्फ जाँदै गरेका युके १२ सि २१०० भारतीय नम्वरको स्वीफ्टकार १ बजे अनियन्तित भई दुर्टा हुँदा सवार चारैजना भारतीय नागरिकको मृत्यु भएको थियो ।
अत्यधिक मदिरा सेवनगरि चलाएको कार तीब्र गतिको कारण अनियन्तित भई सडक’ खाडलमा खसेको थियो । २० मिटर छेउमै रहेको ठुलो घटनास्थल नजिकै बम नहरमा रहेको सुरक्षा चेकजाँचको टोलिले तत्काल कारको सिसा फुटालेर उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजादा डाक्टरले मृत घोषणा गरेको थियो ।
मृतक चारै जनाको खल्तिबाट बरामद आइडी काईको आधारमा भारत विहार राज्यको पुर्वी चम्पारण जिल्लाको पताही थाना चेतना घर भ्रएका २५ बर्षिय दिनानाथ साह, ३० बर्षिय अरुण साह, २ बर्षिय दिलिप महतो र २७ बर्षिय अमित महतो रहेको भएको रौतहट प्रहीर प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताउनुभयो ।
मृतकको पहिचानको लागि भारतीय प्रहरीलाई तस्वीर सहितको म्यासेज पठाएपछि उनीहरुको परिवारजन आएर सनाखत भएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।