सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत
सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।
स्थानीय इरफानकी छोरी सानिया खातुन आइतबार बिहान घरपछाडिको झाडीमा मृत भेटिएकी हुन् । परिवारका अनुसार बिहान करिब ९ बजेसम्म घरमै रहेकी बालिका अचानक हराएपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर टाढा उनको शव फेला परेको थियो ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार बालिकाको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।










