गरिमाको न्याय र आत्मशान्तिको माग गर्दै कोल्हवीमा दीप प्रज्वलन
बारा — गरिमा छोरीको न्याय तथा आत्मशान्तिको कामना गर्दै बाराको कोल्हवी नगरपालिका–४ सपही चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
जनजागरण आमा समूह, सपही युवा क्लब र पोख्रेली टोल विकास संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्थानीयवासी तथा न्यायप्रेमी नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै गरिमाको आत्मशान्तिको कामना गर्नुका साथै घटनामा न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागीहरूले पीडित पक्षलाई न्याय दिलाउन सम्बन्धित निकाय गम्भीर र संवेदनशील भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। दीप प्रज्वलनमार्फत पीडितप्रति ऐक्यबद्धता जनाउँदै न्यायका लागि आवाज उठाइएको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा स्थानीय महिला, युवा तथा विभिन्न टोलका नागरिकहरूको सहभागिता रहेको थियो। आयोजक संस्थाहरूले कार्यक्रममा उपस्थित भई न्यायको पक्षमा ऐक्यबद्धता जनाउने सम्पूर्ण न्यायप्रेमी नागरिकप्रति धन्यवाद ज्ञापन गरेका छन्।कार्यक्रमको सहजिकरण युवा समाजसेवी रसिक सुबेदिले गर्नु भएको थियो।










