मकवानपुरगढीमा ट्रक दुर्घटना

कोल्हवी न्यूज
२०८३ भाद्र ४, बिहीबार १३:१३ गते

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडास्थित कान्ति लोकपथमा ब्रेक फेल हुँदा ट्रक सडकबाट करिब १०० मिटर तल खसेको छ।

बिहीबार बिहान करिब ७ बजे रौतहटको चन्द्रपुरबाट फास्ट ट्र्याकको महादेवटारतर्फ ह्युमपाइप बोकेर जाँदै गरेको ना.१ क ८५३६ नम्बरको ट्रक घुम्तीमा पुगेपछि ब्रेक फेल भएर सडकबाट भिरतर्फ खसेको हो।

ट्रक सडकबाट खस्न थालेपछि चालकले हामफालेर ज्यान जोगाएका छन्। चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ का ३६ वर्षीय धनबहादुर विक रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका समयमा ट्रकमा चालक मात्र सवार थिए। चालक सकुशल रहेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*