टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच ब्याटर र बलर

कोल्हवी न्यूज
२०७८ कार्तिक २९, सोमबार १९:१७ गते

अस्ट्रेलिया विजेता बन्दै सातौँ संस्करणको टी(२० विश्वकप सकिएको छ । आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले पहिलोपटक टी(२० विश्वकपको उपाधि उचालेको हो ।

युएई र ओमानमा १८ अक्टोबरदेखि १४ नोभेम्बरसम्म आयोजना भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियो । यसपटक पनि विश्व क्रिकेटका केही चर्चित खेलाडी लयमा नदेखिँदा केहीले भने उत्कृष्ट प्रदर्शन गरे ।

उत्कृष्ट प्रदर्शन गर्ने पाँच ब्याटर

बाबर आजम (पाकिस्तान)

आजमको कप्तानीमा पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्‍यो । यो विश्वकपमा उनले कप्तानीमा मात्र नभएर प्रदर्शनमा पनि उत्कृष्ट गरे ।

सर्वाधिक रनकर्ता बनेका आजमले ६ खेलमा १२६।२५ को स्ट्राइक रेटमा ४ अर्धशतकसहित ३०३ रन बनाए ।

प्रतियोगिताभर २८ चौका र ५ छक्का प्रहार गरेका उनको ७० रन बनाउनु उत्कृष्ट प्रदर्शन रह्यो ।

डेविड वार्नर (अस्ट्रेलिया)

अस्ट्रेलियालाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका वार्नर प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले ७ खेलमा १४६।७० को स्ट्राइकमा ३ अर्धशतकसहित २८९ रन बनाए ।

यो विश्वकपमा ३२ चौका र १० छक्का प्रहार गरेका वार्नरको उत्कृष्ट प्रदर्शन अविजित ८९ रन बनाउनु हो ।

मोहम्मद रिजवान (पाकिस्तान)

रिजवानको ब्याट पनि यो विश्वकपमा चल्यो । उनले ७ खेलमा १२७।७२ स्ट्राइकमा ३ अर्धशतकसहित २८१ रन जोडे ।

२३ चौका र १२ छक्का प्रहार गरेका रिजवानको अविजित ७९ बनाउनु उत्कृष्ट प्रदर्शन हो ।

जोस बटलर (इंग्ल्यान्ड)

इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन बटलरले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले ६ खेलमा एक शतक र एक अर्धशतकसहित १५१।१२ को स्ट्राइक रेटमा २६९ बनाए ।

यो विश्वकपमा शतक बनाउने एक्ला खेलाडी बटलरले २२ चौका र १३ छक्का प्रहार गरे । अविजित १०१ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो ।

चरिथा असलंका (श्रीलंका)

सुपर(१२ मा श्रीलंकाको प्रदर्शन खासै राम्रो नभए पनि असलंका भने उत्कृष्ट लयमा देखिए । उनले ६ खेलमा २ अर्धशतकसहित १४७।१३ को स्ट्राइकमा २३१ बनाए ।

प्रतियोगिताभर २३ चौका र ९ छक्का प्रहार गरेका असलंकाको अविजित ६६ रन बनाउनु उत्कृष्ट प्रदर्शन हो ।

उत्कृष्ट प्रदर्शन गर्ने पाँच बलर

वानिन्दु हसरंगा (श्रीलंका)

श्रीलंका सुपर(१२ बाटै बहिरिए पनि हसरंगाको प्रदर्शन भने उच्च रह्यो । प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बनेका उनले ८ खेलमा ५।२० को इकोनोमीमा १६ विकेट हात पारे ।

३० ओभर बलिङ गर्दा १५६ रन खर्चिएका हसरंगाको उत्कृष्ट बलिङ स्पेल ९ रन दिएर ३ विकेट हात पार्नु हो । उनले ब्याटिङतर्फ एक अर्धशतकसहित १४८।७५ को स्ट्राइकमा ११९ रन बनाए

एडम जम्पा (अस्ट्रेलिया)

अस्ट्रेलियालाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका स्पिनर जम्पाले ७ खेलमा २७ ओभर बलिङ गर्दा १५७ रन खेर्चिएर १३ विकेट हात पारे । उनले यो पटक ५।८१ को इकोनोमीमा बलिङ गरे ।

विश्वकप २०२१ मा जम्पाको उत्कृष्ट बलिङ १९ रन खर्चिएर ५ विकेट हात पार्नु हो ।

ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)

न्युजिल्यान्डलाई उपाधि दिलाउन नसके पनि तीव्र गतिका बलर बोल्टले उत्कृष्ट प्रदर्शन गरे । उनले ७ खेलमा २७।४ ओभर बलिङ गर्दा ६।२५ को इकोनोमीमा १७३ रन खर्चिदै १३ विकेट हात पारे ।

१७ रन दिएर ३ विकेट हात पार्नु बोल्टको उत्कृष्ट प्रदर्शन हो ।

शाकिब आल हसन (बंगलादेश)

बंगलादेशी चर्चित अलराउन्डर शाकिबले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे । उनले ६ खेलमा २२ ओभर बलिङ गर्दा १२३ रन खर्चिदै ११ विकेट हात पारे ।

५।६९ को इकोनोमीमा बलिङ गरेका शाकिबको उत्कृष्ट प्रदर्शन ९ रन दिएर ४ विकेट हात पार्नु हो । उनले ब्याटिङतर्फ १०९।१६ को स्ट्राइकमा १३१ रन बनाए ।

जोस हेजलउड (अस्ट्रेलिया)

अस्ट्रेलियाका तीव्र गतिका बलर हेजलउड पनि यो विश्वकपमा लयमा देखिए । उनले ७ खेलमा २४ ओभर बलिङ गर्दा एक मेडनसहित १७५ रन खर्चिदै ११ विकेट हात पारे ।
७।२९ को इकोनोमीमा बलिङ गरेका हेजलउडको उत्कृष्ट प्रदर्शन ३९ रन खर्चिएर ४ विकेट हात पार्नु हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*