धनुषामा करेन्ट लागेर २३ वर्षीया महिलाको मृत्यु
२०८३ श्रावण ३१, आईतवार १६:३५ गते
धनुषा । धनुषामा करेन्ट लागेर २३ वर्षीया महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीको एकडारा नगरपालिका–१ की पुनिताकुमारी महतो रहेकी छन्। जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित भिनाजुको घरमा मोटरको स्विच थिच्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएकी पुनितालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो। तर चिकित्सकले दिउँसो करिब १२ बजे मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










