सन्दीपको कप्तानीमा एसीसी प्रिमियर कप खेल्न नेपाली टोली मलेसिया जाँदै

कोल्हवी न्यूज
२०८३ श्रावण २९, शुक्रबार १६:०६ गते

मलेसियामा आयोजना हुन लागेको एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ।

क्यानले आज औपचारिक कार्यक्रम आयोजना गरी प्रतियोगिताका लागि प्रस्थान गर्न लागेको नेपाली टोलीलाई बिदाइ गरेको हो।

लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताको तयारीका लागि आजै भारततर्फ प्रस्थान गर्दैछ। नेपालले भारतमा करिब १० दिन विशेष प्रशिक्षण गर्नुका साथै अभ्यास खेल खेल्ने तालिका रहेको छ।

भारतमा तयारी पूरा गरेपछि नेपाली टोली उतैबाट प्रतियोगिता आयोजना हुने मलेसियातर्फ प्रस्थान गर्नेछ।

यसपटकको एसीसी प्रिमियर कपमा नेपाली एकदिवसीय टोलीको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन्। रोहित पौडेलको स्थानमा सन्दीपलाई कप्तानको जिम्मेवारी दिइएको हो।

प्रतियोगितालाई लक्षित गर्दै नेपाली टोलीले भारतमा प्रशिक्षण र अभ्यास खेलमार्फत आफ्नो तयारीलाई थप मजबुत बनाउने क्यानले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*