सुन तोलामा ४६ सय घटेर ३ लाख १ हजार ६ सयमा झर्यो
नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो। मूल्य घटेसँगै छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार बिहीबार प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कायम भएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका आधारमा नेपाली बजारमा सुन तथा चाँदीको मूल्य निर्धारण हुने जनाएको छ।










