सुनको मूल्य ५ सय रुपैयाँले घट्यो, चाँदीको भाउ बढ्यो

कोल्हवी न्यूज
२०८३ श्रावण २८, बिहीबार १३:१९ गते

२८ साउन । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ६ हजार २ सय रुपैयाँमा झरेको हो।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेको छ। आज १० ग्राम सुन २ लाख ६२ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९ सय ४५ रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँ रहेको चाँदी आज बढेर ४ हजार ७ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

१० ग्राम चाँदीको मूल्य पनि बढेको छ। आज १० ग्राम चाँदी ४ हजार ७३ रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार यसको मूल्य ४ हजार ६८ रुपैयाँ थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*