अत्यधिक गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाका विद्यालय दुई दिन बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

कोल्हवी न्यूज
२०८३ श्रावण २७, बुधबार १८:०७ गते

अत्यधिक गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा महाशाखाले बुधबार सूचना जारी गर्दै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी साउन २८ र २९ गते विद्यालयमा बिहानको समयमा मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

महानगरपालिकाका अनुसार उक्त दुई दिन बिहान ६ बजेदेखि ९ः३० बजेसम्म मात्रै कक्षा सञ्चालन गर्नुपर्नेछ । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशनअनुसार बिहानको सत्रमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*