लालबकैया नदीमा डुबेर बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला

कोल्हवी न्यूज
२०८३ श्रावण २७, बुधबार १७:१० गते

बारा, २७ साउन । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ।

मङ्गलबार दिउँसो नदीमा नुहाउन गएका देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेका थिए। स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

घटनामा बेपत्ता भएकी अर्की एक बालिकाको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। स्थानीयवासी तथा सुरक्षाकर्मीले नदीको विभिन्न क्षेत्रमा खोजी गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*