खैरो हेरोइनजस्तो पदार्थसहित हेटौंडाका दुई र चितवनका एक पक्राउ

कोल्हवी न्यूज
२०८३ श्रावण २७, बुधबार ०७:०५ गते

हेटौंडा । मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब १२ः३० बजे हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बुद्धचोकमा विशेष सूचनाका आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हेटौंडा–४ की २० वर्षीया तनिषा देउला, सोही स्थानका २४ वर्षीय अनिष चौलागाईं र चितवनको रत्ननगर नगरपालिका–२ का १९ वर्षीय लोमस फुयाल रहेका छन्।

शंकाका आधारमा उनीहरूको शरीर तथा साथमा रहेका सामान खानतलासी गर्दा ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका तीनै जनामाथि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट लागूऔषध कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*