हेटौँडा–१५ को जंगलमा बोराभित्र महिलाको शव, पहिचान खुल्न बाँकी

कोल्हवी न्यूज
२०८३ श्रावण २२, शुक्रबार १८:३१ गते

हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोडनजिकैको सामुदायिक वनमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

शुक्रबार दिउँसो करिब १:५० बजे स्थानीयवासी च्याउ टिप्न जंगलतर्फ जाने क्रममा सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमान्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले बोराभित्र अन्दाजी ३२ वर्षीया महिलाको शव फेला पारेको जनाएको छ।

मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*