हेटौंडामा सामान्य विवादले लियो हिंस्रक रूप, हेल्मेट प्रहारबाट एक जना घाइते

कोल्हवी न्यूज
२०८३ श्रावण २१, बिहीबार ०९:०७ गते

हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा सामान्य विवादका क्रममा हेल्मेटले प्रहार हुँदा एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार राति करिब २:३० बजे खेलकुद विकास परिषद् कार्यालयमा सवारी चालकका रूपमा कार्यरत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ निवासी ३७ वर्षीय रामेश्वर गोदामेमाथि सोही कार्यालयमा करारका ओभरसियरका रूपमा कार्यरत कैलाश गाउँपालिका–९ का ३३ वर्षीय बिनोद प्रजाले हेल्मेटले आक्रमण गरेका हुन्।

प्रहारबाट गोदामेको टाउको, कम्मर र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

घटनालगत्तै प्रहरीले कुटपिटमा संलग्न बिनोद प्रजालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*