सिराहाको लहानमा पेस्तोलसहित तीन जना पक्राउ, प्रहरीले अनुसन्धान अघि बढायो
सिराहा, २० साउन । सिराहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले पुरानो पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले नियमित चेकजाँचका क्रममा सबरजित दासको साथबाट ९ एमएम म्याग्जिनसहितको पुरानो पेस्तोल बरामद गरेको हो।
घटनापछि प्रहरीले सबरजित दाससँगै गुरुदेव दास र सञ्जय दासलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय लहान पठाइएको प्रहरीले जनाएको छ।










