देशका तीन जिल्लामा सवारी दुर्घटना, तीन जनाको ज्यान गयो

कोल्हवी न्यूज
२०८३ श्रावण १८, सोमबार १५:०४ गते

देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। महोत्तरी, मोरङ र नवलपरासी (पश्चिम)मा भएका दुर्घटनामा मोटरसाइकल चालक तथा एक पैदलयात्रीले ज्यान गुमाएका हुन्।

महोत्तरीको बर्दिबास नगरपालिका–३ काँडेभोगटेस्थित बीपी राजमार्गमा सोमबार बिहान मोटरसाइकलले नीलगाईलाई ठक्कर दिँदा धनुषाको जनकपुर उपमहानगरपालिका–१ निवासी ३२ वर्षीय निय कुमार साह गम्भीर घाइते भएका थिए। उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका–४ आयल निगम क्षेत्रमा कोशी लोकमार्गमा भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भारतको कोलकाता घर भई हाल विराटनगरमा बस्दै आएका करिब ५० वर्षीय एक पुरुषको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

उता, नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका–३ सोमनाथ पुलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको सवारीसाधनले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षीय मोटरसाइकल चालकको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको पहिचान अझै खुल्न बाँकी छ।

प्रहरीले तीनै दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*