कारको डिक्कीमा लुकाइएको १०९ किलो गाँजा बरामद, दुई भारतीय पक्राउ

कोल्हवी न्यूज
२०८३ श्रावण १८, सोमबार १२:२७ गते

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ बाट प्रहरीले करिब १०९ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला, थाना समुद्रका २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन्।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको कार जाँच गर्ने क्रममा डिक्कीमा लुकाएर राखिएको २३ वटा पोकामा करिब १०९ किलोग्राम गाँजा फेला पारेको थियो।

गाँजा बरामद भएपछि कार चालक दीपक कुमार महतो र कारमा सवार अमन कुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*