मकवानपुरमा मोटरसाइकल दुर्घटना, चालक भरतपुर रेफर

कोल्हवी न्यूज
२०८३ श्रावण १७, आईतवार १५:३१ गते

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–८ देवकोट चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्। देवकोटबाट सिमपानीतर्फ जाँदै गरेको बा.प्र.०२–०४० प ३५७० नम्बरको मोटरसाइकल ओरालोमा ब्रेक नलाग्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका–२ गड्यौली निवासी अन्दाजी २३ वर्षीय किस्मत थापा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनको दाहिने हात र खुट्टामा चोट लागेको छ।

घाइते थापाको मनहरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*