कोल्हवी न्यूज
२०८३ श्रावण १५, शुक्रबार १०:५२ गते

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा केही दिनअघि कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का आरोपितको खोजी भइरहेको छ।

प्रहरीका अनुसार असार ३१ गते बिहान सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा भएको विवादका क्रममा स्थानीय करिब ५० वर्षीया लिलावती देवीमाथि मनोजप्रसाद कुर्मीलक्कीप्रसाद पटेलले कुटपिट गरेका थिए।

घटनापछि घाइते लिलावतीलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि असार ३२ गते साँझ डिस्चार्ज गरिएकी उनको साउन १४ गते स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि पुनः सोही अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले कुटपिटमा संलग्न लक्कीप्रसाद पटेललाई पक्राउ गरेको छ। फरार रहेका मनोजप्रसाद कुर्मीको खोजी जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*