बारामा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
२०८३ श्रावण ११, सोमबार १५:२४ गते
कलैया । बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।
भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल सडकछेउको बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कलैया–३ भवानीपुरका १५ वर्षीय सोहेब मंसुर गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि उपचारका लागि उनलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरेपछि करिब राति ९ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार अर्का एक व्यक्ति पनि दुर्घटनामा घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










