बाराको मटिअर्वामा नहरमा डुबेर ६ महिनाकी शिशुको मृत्यु
२०८३ श्रावण ९, शनिबार ०८:०२ गते
कलैया । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा नहरमा डुबेर ६ महिनाकी शिशुको मृत्यु भएको छ।
स्थानीय मोबारक मियाकी छोरी सनाया खातुन शुक्रबार साँझ घरको आँगनमा खेल्ने क्रममा आँगनसँगै बग्ने नहरमा खसेर घाइते भएकी थिइन्। उनलाई परिवारले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए।
अस्पतालमा साँझ करिब ६ः३० बजे चिकित्सकले ईसीजी परीक्षणपछि शिशुलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक राकेश साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। शिशुको शव प्रादेशिक अस्पताल कलैयामै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










