फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध

कोल्हवी न्यूज
२०८३ श्रावण ७, बिहीबार ०७:२१ गते

पेरिस । फ्रान्सले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ । सन् २०२७ जनवरीदेखि लागू हुने यो कानूनसँगै बालबालिकालाई सामाजिक सञ्जालको पहुँचबाट रोक्ने फ्रान्स पहिलो युरोपेली देश बनेको छ ।

कानूनअनुसार सामाजिक सञ्जाल प्रयोग गर्नुअघि सबै प्रयोगकर्ताले आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ । बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको प्रभावबारे चिन्ता बढिरहेका बेला फ्रान्सले यस्तो कानूनी व्यवस्था गरेको हो ।

बेलायत र युरोपेली सङ्घले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्न यस्तै प्रकारका नियम बनाउने तयारी गरिरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले कानूनको स्वागत गर्दै यसको कार्यान्वयनप्रति प्रतिबद्धता जनाउनुभएको छ ।

यद्यपि, केहीले उमेर प्रमाणित गर्ने व्यवस्था र कानूनको व्यावहारिकतामाथि प्रश्न उठाएका छन् । सरकारले भने उमेर जाँचका लागि प्रयोग हुने अनलाइन उपकरण प्रभावकारी र सुरक्षित रहेको दाबी गरेको छ ।

यसअघि अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि बालबालिकालाई सामाजिक सञ्जालबाट रोक्ने फ्रान्स दोस्रो देश बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*