मकवानपुरमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कोल्हवी न्यूज
२०८३ श्रावण ६, बुधबार ०८:२० गते

हेटौंडा।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ झमसिङटार नजिक भित्री कच्ची सडकमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मंगलबार साँझ करिब ५ बजे हेटौंडा बजारबाट झमसिङटारतर्फ जाँदै गरेको म.प्र.०३–००२ त.०३९७ नम्बरको बालुवा लोड गरिएको ट्याक्टर उकालो कच्ची सडकमा चिप्लिएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टर चालक सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ निवासी करिब २२ वर्षीय बिक्रम खड्का गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो।

उपचारकै क्रममा राति करिब १०ः३० बजे चिकित्सकले खड्कालाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा अस्थायी प्रहरी पोस्ट थानाभर्‍याङबाट प्रहरी टोली घटनास्थल तथा अस्पतालमा खटिएको थियो। मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको  छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*