सामाजिक सुरक्षा कोषको योगदान रकम एक खर्ब १६ अर्ब नाघ्यो

कोल्हवी न्यूज
२०८३ श्रावण ५, मंगलवार ०८:३१ गते

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताबाट एक वर्षमा एक खर्ब १६ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी योगदान रकम जम्मा भएको छ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म सूचीकृत रोजगारदाता र योगदानकर्ताबाट कोषमा कुल रु १ खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ योगदान रकम संकलन भएको हो।

कोषका अनुसार हालसम्म २३ हजार ४९० रोजगारदाता३० लाख ४३ हजार २०० योगदानकर्ता सूचीकृत भएका छन्। सो अवधिमा कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत रु २१ अर्ब २७ करोडभन्दा बढी दाबी भुक्तानी गरेको छ।

त्यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्वतर्फ रु ३ अर्ब ५२ करोडभन्दा बढी, दुर्घटना तथा अशक्तता सुरक्षातर्फ रु ३० करोडभन्दा बढी, आश्रित परिवार सुरक्षातर्फ रु ३८ करोडभन्दा बढी र अवकाश सुरक्षातर्फ रु १७ अर्ब ६ करोडभन्दा बढी भुक्तानी गरिएको कोषले जनाएको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिएपछि योगदान रकममा वृद्धि भएको हो। पेन्सन, स्वास्थ्य उपचारलगायतका सामाजिक सुरक्षा कार्यक्रम विस्तार हुँदै गएपछि कोषप्रति सर्वसाधारणको चासोसमेत बढ्दै गएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*