मधेस प्रदेशले उठायो ३२ अर्ब ८८ करोड राजस्व, लक्ष्य भने पूरा भएन

कोल्हवी न्यूज
२०८३ श्रावण २, शनिबार ०८:४३ गते

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको करिब ७० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको जनाएको छ। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा प्रदेशले कुल ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो।

मन्त्रालयका तथ्याङ्कअनुसार आन्तरिक राजस्वतर्फ ५ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ सङ्कलन भएको छ। घरजग्गा रजिस्ट्रेशनबाट १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ तथा सवारीसाधन करबाट २ अर्ब २७ करोड ८० लाख रुपैयाँ आम्दानी भएको छ। यस्तै, सवारी चालक अनुमतिपत्र, सवारी दर्ता दस्तुर, यातायात सेवा तथा दहत्तर–बहत्तर बिक्रीबाट पनि उल्लेख्य राजस्व प्राप्त भएको मन्त्रालयले जनाएको छ।

प्रदेशले मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क तथा सङ्घीय सरकारबाट प्राप्त समानीकरण र सशर्त अनुदानमार्फत पनि ठूलो परिमाणमा आम्दानी गरेको छ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक तरलताका कारण घरजग्गा र नयाँ सवारीसाधनको कारोबारमा आएको कमी, साथै गत भदौमा भएको आन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने कार्यालयमा पुगेको क्षतिका कारण अपेक्षाअनुसार राजस्व उठ्न नसकेको हो। मन्त्रालयले आगामी वर्ष राजस्व सङ्कलन सुधारका लागि आवश्यक कदम चालिने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*