बारामा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर कामदार घाइते

कोल्हवी न्यूज
२०८३ असार ३२, बिहीबार १५:०९ गते

बाराको कोल्हबी नगरपालिका–८ मिलनचोकमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा एक कामदार घाइते भएका छन्। घाइते हुनेमा स्थानीय नयाँबस्ती टोलका ३२ वर्षीय नवसाद आलम रहेका छन्।

बुधबार बिहान करिब ८:३० बजे बिश्वेश्वर प्रसाद कोइरालाको घरमा वेल्डिङको काम गरिरहेका बेला फलामको पाइप उठाउने क्रममा पाइप नजिकै रहेको ११ हजार भोल्ट क्षमताको विद्युत् प्रसारण लाइनमा छोएपछि उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि आलमलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी मधुवनबाट प्रहरी सहायक निरीक्षक विसम्बर नाथ मिश्रको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*