कोल्हवीमा भयो भयंकर दुर्घटना,दुईजनाको ज्यान गयो
कोल्हवी, कोल्हवीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका –१ मा गएराती साढे ८ बजे तिर ना ४२ प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।दुर्घटनामा परी कोल्हवी नगरपालिकाकै २० वर्षीय सागर चौधरी र १९ वर्षीय मदन चौधरीको छोरा निरज चौधरी को मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै जनाको उपचारको क्रममा वीरगञ्जको अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।दुर्घटनामा परी २० वर्षीय अशोक चौधरी घाइते भएका छन्। उनको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
कोल्हवीबाट श्रीपुरतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भई सडकछेउमा रहेको स्वास्थ्यचौकीको भवनमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।